चितवन । नारायणी नदिको सरसफाइ अभियानलाइ स्थानिय युवाहरुले निरन्तरता दिएका छन् । वे गु्रप, नेपाल मैत्री समाज लगायतका विभिन्न सामाजिक संस्थाका अभियान्ता एवं स्थानिय व्यवसायीहरुले हरेक सोमबार नारायणी नदि सरसफाइको अभियान नै थालेका हुन् ।
नारायाणी नदीलाई काठमाडांैको बागमतीको जस्तो अवस्था सृजना हुन नदिन युवाहरुले समयमै जागरण अभियान सुरु गरेका हुन् । नारायणी नदी किनारमा मुख्य गरेर नारायणगढ बजारबाट निकस्ने लेदो फोहर नारायणीमा सिधै मिसाईएकाले नारायणी नदी प्रदुषीत बनेको पाईएको छ ।
संङलो नदीको रुपमा चिनिने नारायणी नदी पछिल्लो समय प्रदुषित भएपछि सबैको ध्यान यसमा गएको देखिन्छ । नारायणीलाई पहिलेकै स्वच्छ तथा स्वस्थ्य अवस्थामा फर्काउनका लागि उद्यँेग बाणिज्य संघ चितवन पनि सरसफाइ अभियानमा संग्लन भएको छ । नदी किनारमा ठेला व्यापारदेखी,किनारका स्थानियको डम्पिङ साइड समेत बनेको छ ।
नरायणगढ क्षेत्र मात्रै नभएर देवघाटदेखी नै नारायणी सम्मकै क्षेत्र प्रदुषित बनेको छ । महानगरपालिकाले ढलको ट्रिटमेन्ट गरेर मात्र नदीमा मिसाउने नियम लागु् गरेको भनेपनि सिधैं नदीमा ढल मिसाउने गरीएको छ । नारायणगढको पोखरा बसपार्कदेखि पुल्चोकभन्दा तलको नदी किनार क्षेत्रमा जथाभावी रुपमा मरेका पशु मासुजन्य अन्य फोहर, प्लाट्रिक फाल्ने गरेको भेटिन्छ ।
कतिपय नदी किनारामा घर बनाएका व्यापारीहरुले निर्माण सामाग्रीहरु जथाभावी रुपमा फाल्ने र थुपार्ने ,नदीमा धार्मिक कर्म जाने र लुगा धुने धोवीहरुले समेत नदीलाई उत्तिकै फोहर बनाइरहेका छन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले नदी किनारको संरक्षण र सरसफाई देवघाटबाट नै शरु गर्नुपर्ने बताउंछन् ।
प्रकाशित मिति: आइतबार, चैत ११, २०७४