सिन्धुपाल्चोकः काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
आज दिउँसो २ बजे मेलम्ची नगरपालिका-१२ तामाखानीमा आमाहेल्मो यातायातको बा३ख ४३२५ नंको बस दुर्घटना भएको थियो।
दुर्घटनामा घटनास्थलमै ३ जनाको मृत्यु भएको होश्र बसमा सवार ३५ जनामध्ये नौजना घाइतेको काठमाडौँस्थित नेपाल मेडिकल कलेज र मेलम्चीस्थित क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिए।
प्रकाशित मिति: बिहीबार, चैत ८, २०७४