चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले लाइसेन्स विना इरिक्सा चलाउनेलाइ नियन्त्रण गर्ने अभियान तिव्र बनाएको छ । चैत ६ गतेदेखि लाइसेन्स नभएका व्यक्तिले चलाउने इरिक्सा तथा अटोरिक्सा नियन्त्रण अभियानलाइ कडाईका साथ लगिएको ट्राफिक प्रहरीले जनाएको छ ।
पछिल्ला ३ दिनमा लाइसेन्स विना ईरिक्सा चलाउने ४५ जनालाइ कारबाहि गरिएको निमित्त ट्राफिक प्रमुख एवं प्रहरी नायव निरीक्षक कृष्णज्यु ठकुरीले जानकारी दिए ।
सवारी धनिले नै लाइसेन्स नलिई चलाउनेलाइ एक हजार रुपैंया जरिवाना गराइएको उनले वताए । सवारी धनि बाहेक अन्य व्यक्तिले लाइसेन्स विना सवारी चलाएको पाइए सवारी धनिलाइ ५ सय रुपैंया र चलाउने व्यक्तिलाइ १ हजार रुपैंया गरि १५ सय रुपैंया जरिवाना गराइने ठकुरीको भनाइ छ ।
उनिहरुलाइ ट्राफिक शिक्षा कक्षामा सहभागि गराएर र सवारी अनुमति पत्र नभई सवारी चलाउंदाका कसुर, जोखिम र कानुनी प्रकृयाका बारेमा प्रशिक्षण गराइउने उनले वताए । अभियान शुरु भएको पहिलो दिन १६ ओटा, दोस्रो दिन १३ ओटा र बिहिबार १६ जनााइ कारबाहि गरिएको ट्राफिक प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका सवारी धनि र चालक दुवै लाइ ३ देखि ४ घण्टासम्म ट्राफिक कक्षा लिइने र नदोहोरिने सर्तमा जरिवाना गराएर छाडिने ठकुरीले वताए ।
दोहोरिएका २ जनालाइ थप कारबाहिका लागि जिल्ला प्रहरी कार्यालय पठाउने तयारी भएको उनले जानकारी दिए । भरतपुर महानगरपालिकामा ईरिक्सा तथा अटोरिक्सा सञ्चालनका लागि जोर विजोर प्रणाली लागुपर्ने आवश्यकता नरहेको ठकुरीले वताएका छन् । भरतपुरमा काठमाडौंमा जस्तो चाप नरहेको भन्दै उनले सञ्चालन भएका सवारीलाइ व्यवस्थापन गर्न सकिने वताए ।
प्रकाशित मिति: बिहीबार, चैत ८, २०७४