चितवन । बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका कानुन अधिकृत अधिवक्ता गोकर्ण सापकोटा माथी शनिवार विहान भएको सांघातिक आक्रमण प्रति बार एशोसिएशनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बारले स्वतन्त्र न्यायपालिका, सम्बैधानिक सर्वोच्चता, विधीको शाशन र मौलिक मानव अधिकारको पक्षधर संगठनका सदस्य माथी भएको सो सांघातिक आक्रमणको विज्ञप्ती मार्फत घोर निन्दा र भत्सर्ना गरेको हो । सचिव राजेन्द्र सिलवालद्धारा जारी गरीएको विज्ञप्तीमा सो घटनाको सत्यतथ्य छानविन गरी दोषी माथी कडा कारवाही गर्न माग गरिएको छ ।
प्रकाशित मिति: शनिबार, चैत ३, २०७४