चितवन । प्रदेश नं. ३ मा भरतपुर महानगरपालिका उत्कृष्ट घोषित भएको छ । नेपाल नगरपालिका सघंको २५ औ रजत महोत्सव समारोहको अवसरमा भरतपुर महानगरपालिकालाई प्रदेशकै उत्कृष्ट नगर घोषणा गरिएको हो ।
काठमाडौको होटल याक एण्ड यातीमा भएको कार्यक्रममा अर्थ मन्त्री डां यूवराज खतिवडाले उत्कृष्टि नगरलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो । साझेदारी लगानीमा बिकास निर्माण, फराकिला बाटो, अब्बल चेतना स्तर , पहिलोपटक नगर राजपत्र प्रकाशन, कानुन निर्माण, न्यायीक पक्ष लगायत कुरामा अन्य नगर भन्दा अब्बल रहेककोले पनि भरतपुर महानगर उत्कृष्ट बन्न सफल भएकोे भरतपुर महानगरकी प्रमुख रेनु दाहालले बताउनु भयो ।
देशभरीका नगरहरुको कार्य सम्पादनको मूल्यकंन गर्दा प्रदेश नं. ३ मा भरतपुर महानगर छनोट भएको संघका कार्यकारी सचिव कलानिधी देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश नं १ मा झापाको दमक नगरपालिका , प्रदेश २ मा धनुषाको गणेशमान नगरपालिका, प्रदेश ३ मा चितवनको भरतपुर महानगरपालिका, प्रदेश ४ मा स्याङ्जाको वालिङ नगरपालिका उत्कृष्ट नगरपालिकाका रूपमा प्रदेश स्तरबाट सम्मानित भएका छन् ।
यस्तै प्रदेश नं.५ मा जुम्लाको चन्दननाथ नगरपालिका र ७ मा कञ्चनपुरको भीमदत्त नगरपालिकालाई प्रदेश स्तरको उत्कृष्ट नगरपालिकाकारूपमा सम्मान गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, चैत ३, २०७४