काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीश बनेका छन्। अाज सर्वोच्च पुगेर उनले कायमुकायमको जिम्मेवारी सम्हालेका हुन् ।
न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई साउनमै अवकास पाएको पत्र थमाएपछि जोशीले कामुको जिम्मेवारी सम्हालेका हुन् ।
सर्वोच्च अदालतको वेवसाइटमा समेत उनको तस्विर राखिएको छ।
पराजुलीले आफू नै प्रधानन्यायाधीश भएको दाबी गरेका थिए । तर, सर्वोच्च प्रशासनले उनको नाम प्रधानन्यायाधीशको सूचीबाट हटाएको छ र जोशी कामु प्रधानन्यायाधीश भएको जनाएको छ ।
साथै जोशीले इजलास पनि तोकेका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४