काठमाडौँ । सिद्धार्थ उद्योग बाणिज्य संघका सदस्य हरिश सेठियामाथि भैरहवामा गोली प्रहार भएको छ।
रुपन्देहीको सिनपा ५ मा भैरहवाका व्यापारी हरिश सेठियामाथि अज्ञात समूहले गोलि प्रहार गरेको जिल्ला प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले जनाएका हुन्। उनले सेठिया सकुशल रहेको बताए।
गोलि प्रहार गर्ने १ जना पक्राउ परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: आइतबार, फागुन २७, २०७४