चितवन । दिउंसै मदिरा सेवन गरेर कार्यालय आउने कर्मचारीलाई मालपोत कार्यालयका कर्मचारीहरुले भगाउने असफल प्रयास गरेका छन् । कार्यालयको हाजिरी रजिष्टरमा हाजिर गरिसकेका नासु इच्छा प्रसाद अर्याललाई त्यहांकै अन्य कर्मचारीले भगाएको सेवाग्राहि हरि थपलियाले वताए ।
थपलियाका अनुसार मालपोत कार्यालय भरतपुरका नासु इच्छा प्रसाद अर्यालले मदिरा सेवन गरि सेवा प्रवाहमा अवरोध सिर्जना गरेका थिए । मालपोत कार्यालयकै मुद्धा फांटका कर्मचारीले मापसे गरि मुद्धा मिलाईदिने भन्दै पैसाको बार्गेनिङ गर्न थालेपछि भरतपुर ८ का थपलियाले सञ्चारकर्मीहरुलाइ बोलाएर उनको रहस्य पर्दाफास गरेका हुन् ।
चितवनमा मालपोतको ३ ओटा थप कार्यालय स्थापना भएपनि भरतपुरको कार्यालयबाट एकै दिनमा हुने कामलाइ ४ दिनसम्म अड्काएर राख्ने प्रवृत्ति रहेको सेवाग्राहिहरुको गुनासो छ । मापसे गरेर कार्यालय आएको व्यक्तिलाइ सेवा दिने मालपोत प्रशासनले नै गलत नाम दिएर भगाएको सेवाग्राहि भरत पाण्डेको भनँइ छ ।
मालपोत कार्यालय भरतपुरका कर्मचारी नायब सुब्बा अर्याललाइ यसअघि पनि मापसे गरि कार्यालय आएर होहल्ला गरेको भन्दै प्रहरीले थुनामा राखेको थियो । मापसे गरेर कार्यालय आउने बानि नै परेको भन्दै उनलाइ कुनै कारबाहि नगरिएको मालपोत कार्यालय भरतपुरका निमित्त प्रमुख एवं सुचना अधिकारी खेम नारायण पौडेलले वताए । अब भने उनको काज रद्ध गरेर धादिङ फिर्ता पठाइने पौडेलले जानकारी दिएका छन् ।
प्रकाशित मिति: शनिबार, फागुन २६, २०७४