चितवन । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यालयमा तालाबन्दी गरेको छ । मोर्चाका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज अशोक शर्माको नेतृत्वमा गएको टोलीले आर्थिक अनियमितता गरिएको भन्दै परियोजनाको कार्यालयमा बुधबार तालाबन्दी गरेको हो ।
कार्यलय प्रमुख सोमनाथ घिमिरेले पदको दुरुपयोग गरेर जोन संचालक समितिका अध्यक्ष बालिका कुमारी गिरी समेतको मिलोमतोमा आफ्नै परिवारको सदस्य समेतको कम्पनीलाई कार्याक्रम दिएको आरोप शर्माले लगाए । परियोजना कार्यालयबाट प्रवाहित हुने सेवा र योजना नारायणी एग्रो कम्पनी र दोभान एग्रो फार्म दर्ता गरेर आफ्नै कम्पनीमा अधिकांश योजना बिनियोजन गरेर वास्तविक किसानहरुलाई पछि पारेको आरोप देजमो चितवनको छ ।
देजमो चितवनका अध्यक्ष शर्माका अनुसार किसानले पटकपटक निवेदन दिँदा अहिले योजना छैन पछि आउनु भन्दै हप्काएर पठाउने गरेका परियोजना प्रमुख घिमिरेले सबै योजना आफ्नै फर्ममा पार्ने मात्रै हैन कतिपय योजना बिल पेश गरेर कामै नगरी किर्ते गरि रकम हिनामिना गरेको गुनासो आफुहरु समक्ष आएपछि प्रमुख जिल्ला अधिकारि सहित सम्बन्धित निकायमा निवेदन दिई छानबिनको माग आफुहरुले गरेको पनि बताएका छन् ।
‘यो कार्यालयले किसानलाई भन्दा पनि हाकिम र कर्मचारीको मात्रै हित गरेको छ । कार्यालयमा कर्मचारी भेट्नै मुस्किल हुन्छ सेवाग्राही अमित सापकोटाको गुनासो थियोे’ स्थानीय किसान केदार परियार र डम्बर मगरले भने ।
देजमो चितवनका अध्यक्ष अशोक शर्मा, क्रान्तिकारी माओवादीका नेता घननाथ सापकोटा विकाशको नेतृत्वमा गएका कार्यकर्ताले मुलगेटमा विरोध ब्यानर, कार्यालयको बोर्डसंगै भ्रष्टाचार कार्यालय लेखिएको बोर्ड टांगेका थिए भने कर्मचारी बाहिर निकालेर कार्यालयमा तालाबन्दी गरेका थिए ।
देजमोको विरोधलाई स्थानीय जनताले चासोका साथ हेरेका थिए । तरकारी खेती गर्दै आएका दिनेश घिमिरेले भने, ‘यसरी जनताको करबाट संचालित योजनामा भ्रष्टाचार गर्ने कर्मचारीलाई कारवाही गरेर देजमोले राम्रो काम गरेको छ ।’
मोर्चाले परियोजनामा भएको अनियमितताको छानविन गरी कार्वाहीको माग राख्दै माघ २८ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो । सोही ज्ञापन पत्रमा मोर्चाले राज्यकोषको दोहन गर्ने घिमिरे लगायतका कर्मचारीहरुलाई छानविन गरी कानुनी दायरामा ल्याएर कार्वाही नगरिए जनताले कार्वाही गर्ने चेतावनी दिएको थियो ।
यस्तो थियो मोर्चाले बुझाएको ज्ञापनपत्रम
“देशलाई कृषिको माध्यमबाट आत्मनिर्भर बनाउन राष्टिय महत्वका साथ सञ्चालित योजना हो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै व्यवसायिक कृषि मार्फत् दिगो विकासको लक्ष्यसहित चितवनमा पनि यसका विभिन्न परियोजनाहरु जोन र ब्लक स्तरमा सञ्चालित छन् । ति मध्येकै एक तरकारी जोनको कार्यालय भरतपुर २१, पार्व्तिपुरमा रहेको छ । त्यस कार्यलयबाट प्रवाह हुने सेवामा अनियमितता पाइएको छ र सम्बन्धित कार्यालयका प्रमुख सोमनाथ घिमिरे नै त्यसको मुख्य योजनाकार रहेका देखिन आएकोले छानविनका लागि यो पत्र पेश गरेका छौं ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासंस्थागत पक्ष
१) निज सोमनाथ घिमिरे र बालिका कुमारी गिरी सहितका नाममा भरतपुर २३ वेलहट्टामा नारायणी एग्रो कम्पनी प्रा.लि. दर्ता रहेको । पछि आफु सरकारी कर्मचारी भएका कारण शेयर सदस्यमा छोरा शुभाष घिमिरेको नाम कायम गरिएको ।
२) निज सोमनाथ घिमिरे परिवार सदस्य, बालिका कुमारी गिरी, अनिल गिरी सहित भरतपुर २३ गौचरनमा दोभान कृषि फर्म नाम गरेको अर्को फर्म दर्ता रहेको ।
३) आफ्नो फर्ममा सञ्चालक÷अध्यक्ष रहेकी बालिका कुमारी गिरी (काठमाडौं बस्ने) लाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोन सञ्चालक समिति अध्यक्ष बनाई वास्तविक किसानहरुको पहँुचबाट कटाएको ।
आर्थिक पक्ष
आर्थिक वर्ष २०७३-७४
१) जोन स्थापना भएको पहिलो कार्यालय प्रमुख सोमनाथ घिमिरेले तरकारी जोनबाट क्ष्।क्अ। एबिलत क्अष्भलअभ पढाई हुने प्राविधिक शिक्षालयलाई दिइने अनुदान रकम रु. ५,००,०००।००(अक्षरेपी पाँच लाख रुपैंया मात्र) लक्ष्मी मा.वि. जगतपुरलाई परेकोमा सो रकम विद्यालयको खातामा नगई बालिका कुमारी गिरीको नाममा रु. ३,५०,०००।००(रु. तीन लाख पचास हजार मात्र) र सोही कम्पनीका शेयर सदस्य गोपी भुषालको नाममा रु. १,५०,०००।००(रु. एक लाख पचास हजार मात्र) निकासा भएको छ ।
२) माटो परिक्षण कार्यक्रमको रकम रु. १,८०,०००।००(रु.एक लाख असि हजार) कागजी प्रकृया पु¥याई कार्यक्रम नै नगरी आधुनिक कृषि संसार भरतपुर र केही एग्रोभेटको विल संलग्न गरी विलको भरमा भुक्तानी दिई रकम हिनामीना गरेको । आधुनिक कृषि संसारका सञ्चालक समेत दोभान कृषि फर्मका शेयर सदस्य रहेको ।
३) सिंचाई डिभिजनमार्फत् प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई आएको रकम रु. १०,००,०००।००(रु. दश लाख) पनि आफ्नै लगानी रहेको नारायणी एग्रो कम्पनीमा पारेको ।
४) प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजना, माछा ब्लकको कस्टम हायरिङको रु. १२,००,०००।००(रु. बाह्र लाख मात्र)को बोलेरो जिप पनि नारायणी एग्रो कम्पनीका नाममा पारेको ।
आर्थिक वर्ष २०७४-७५
५) प्राविधिक शिक्षालय तर्फको अनुदान रु. ५,००,०००।०० (रु.पाँच लाख मात्र) पुनः लक्ष्मी मा.वि. मार्फत् नारायणी एग्रोमा लाने तयारी रहेको ।
६) उन्नत् कृषि प्रविधि प्रदर्शन रु. २,००,०००।००(रु. दुई लाख मात्र) दोभान कृषि फर्मलाई पारेको ।
७) टनेलको रु. १,००,०००।०० (रु. एक लाख मात्र) को योजना दोभान कृषि फर्मलाई पारेको ।
८) थोपा सिंचाईको रु. १,००,०००।०० (रु. एक लाख मात्र) दोभान कृषि फर्मलाई पारेको ।
९) प्रविधि प्रदर्शनको रु. ४५,०००।००(रु. पैतालिस हजार मात्र) को योजना पनि सोही कृषि फर्मलाई पारेको ।
१०) जोनको क्षेत्रमा दिईनु पर्ने महोत्सवको रकम कार्यक्षेत्र बाहिर रत्ननगर महोत्सव रु. ५०,०००।००( रु. पचास हजार मात्र) निकासा गरिएको ।
११) गत वर्षको कस्टम हायरिङ्गको रकम रु. १५,००,०००।००(रु. पन्ध्र लाख मात्र) दोभान कृषि फर्म लगायतमा दिने तयारी रहेको ।
१२) तरकारी निर्देशनालयबाट प्राप्त हुने प्रिसिजन तथा प्रोटेक्टेड हर्टिकल्चर प्रविधि विस्तार कार्यक्रमको रु. २२,००,०००।००(रु. बाईस लाख मात्र) को योजना समेत दोभान कृषि फर्मलाई पारेको ।
१३) मत्स्य ब्लकबाट कस्टम हायरिङ्ग मार्फत् किनेको ना. ४ च २१०७ नम्बरको बोलेरो गाडी निजले प्रयोग गरी ड्राइभर शिवबहादुर सुनारलाई समेत कार्यालय सहयोगीको तलब खुवाएको । सो गाडी आफुले प्रयोग नगरेको दिन भाडामा समेत लगाउने गरेको भेटिएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २३, २०७४