रूपन्देही। प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुल बहादुर केसीले प्रदेश नम्बर ५ पर्यटकीय दृष्टिकोणका प्रचुर संभावना बोकेको प्रदेश भएको बताएका छन् । उनले सिस्ने हिमाल देखि विश्वकै प्रख्यात लुम्बिनी रहेको प्रदेश ५ नम्बर प्रदेश भएको भन्दै पर्यटकीय क्षेत्रको पुर्णरुपमा विकास गर्न सकेमा पर्यटनबाट नै प्रदेश समृद्धि बन्ने बताएका हुन ।
नेपाल पर्यटन पत्रकार संघ रुपन्देहीको पहिलो अधिवेसनको अवसरमा बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री केसीले पर्यटकीय क्षेत्रको विकासमा प्रदेश सरकारले विशेष भुमिका खेल्ने बताएका थिए । उनले नेपालमा पर्यटकीय क्षेत्रको विकास गर्न सकेमा विदेशी सहयोगको याचना गर्न नपर्ने भन्दै उनले सोही प्रकृतिको पुर्वाधार प्रदेश स्तरमा निर्माण गरिने समेत बताए । कार्यक्रममा बोल्दै मन्त्री केसीले भने–‘संभावना धेरै छन्, त्यसको खोजीनिती गर्ने, त्यसलाई समृद्ध बनाउको लागि पाटोहरु खोज्ने कार्य सुरु हुन्छ । ’
कार्यक्रममा प्रदेश सभा सदस्य बसन्त घर्तीले पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सकिनेमा कुनै पनि दुईमत नभएको भन्दै यसमा प्रदेश सांसदको नाताबाट गर्न सकिने कार्यमा जहिले पनि सकारात्मक सहयोग गरिने धारणा राखे । प्रदेश ५ मा अझै पनि उत्खनन गर्न बाँकी पुर्वाधारहरु रहेका भन्दै जसले पर्यटकीय क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्ने उनको भनाई रहेको थियो ।
कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष माधव नेपाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष दिपक ज्ञवाली, रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष बाबुराम बोहोरा, बुटवल उद्योग बाणिज्य संघका कासस दिनेश श्रेष्ठ, नेपाल राष्ट्रिय उद्योग व्यपार संगठनका प्रदेश संयोजक खिम नारायण पराजुली, होटल तथा रेष्टुरेष्ट व्यावसायी संघ रुपन्देही अध्यक्ष समुन्द जि.सी. नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, पस्चिम नेपाल बस व्यवासयी सघ बरिष्ठ उपाध्यक्ष नारायण धिमीरे , नेपाल पर्यटन पत्रकार संघ का धनिराम चौधरी, जिल्ला संयोजक भुवन कार्की लगायतले बोलेका थिए । साथै प्रथम अधिवेसनबाट भुवन कर्कीको अध्यक्षतामा नयाँ नेतृत्व गठन भएको छ । जसको उपाध्यक्षमा मिना ढकाल, नरेश के. सी.
सचिवमा तेजेन्द्र केसी, कोषाध्यक्ष मनिष पन्त, सह सचिवमा कपिल ज्ञवाली रहेका छन् । प्रदेश सभा सदस्यमा सीपी खनाल र सञ्जु पौडेललाई चयन गरिएको छ । कार्य समिति सदस्यमा स्वस्तिक श्रेष्ठ,कमल रायमाझी, एन.वि कडेल, टिका खरेल, विमल श्रेत्री, प्रकाश पन्थी, दिनेश श्रेष्ठ , झविन्द्र देवकोटा, रविन्द्र गुप्ता , माधव न्यौपाने रहेका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन १६, २०७४