काठमाडौं । एमाले र माओवादीले संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा अोली र माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोरम अध्यक्ष उपेन्द्र यादवसमक्ष यस्तो प्रतिवद्धता जनाएका हुन् । यससँगै संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने सम्भावना बढेको छ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा वार्ता भएको थियो । वार्तामा सरकारले ‘आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने’ प्रतिवद्धता जनाएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार संविधान संशोधनबारे सहमति गरेर फोरम पनि सरकारमा सहभागी हुने सम्भावना छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले फोरम अध्यक्ष उपेन्द्र यादव आफैं सरकारमा आए परराष्ट्रमन्त्री दिन सहमत छन् । फोरमलाई एक मन्त्री र एक राज्यमन्त्री दिने उनको प्रस्ताव छ ।
तर फोरमले भने दुर्इ वटा मन्त्रालय दाबी गर्दै अाएको छ।
प्रकाशित मिति: आइतबार, फागुन १३, २०७४