चितवनः चितवनको रत्ननगर नगरपालिका-७ स्थित बछौलीको एक घरबाट दुर्लभ अजिंगरलाई उद्धार गरिएको छ।
आइतबार एक घरको भान्छामा पसेको अजिंगरलाई राष्ट्रिय प्रकृति संरक्षण कोषका वन प्राविधिज्ञको टोलीले उद्धार गरेको हो।
सो अजिंगरलाई चितवन राष्ट्रिय निकुञ्जमा लगेर छाडिएको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिए।
उक्त घरका मानिसले खाना पकाउन जाने क्रममा अजिंगर देखेपछि खबर गरेका थिए ।
प्रकाशित मिति: आइतबार, फागुन १३, २०७४