काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै प्रदर्शन भएको छ ।
माइतीघर मण्डलमा भएको प्रदर्शनमा प्रा. डा. गोविन्द केसीसँगै विवेकशील साझा पार्टीका नेताहरु सहभागी भएका थिए ।
उनीहरुले ‘माफियाको ताँती, पराजुली श्रीमानका साथी’, ‘किर्तेमा किर्तिमान पराजुली श्रीमान’ जस्ता प्ले कार्ड बोक्नुका साथै नाराबाजी गरेका थिए ।
विरोध कार्यक्रममा बोल्दै प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली लड्दा अदालतको मानहानी हुन्छ भने आजीवन जेल बस्न तयार रहेको बताए । उनले पराजुलीलाई पदबाट निकालेरै छाड्ने बताए ।
भ्रष्टाचार गर्न पाउँदासम्म पराजुलीले राजीनामा नदिने भन्दै आफूहरुले बाटो देखाउने बताए । आफूलाई पराजुलीकै आदेशमा अनसन स्थलबाट प्रहरीले पक्राउ गरेको भन्दै उनले डा. आक्रोस पोखे ।
म ९ बजे हाजिर भइनँ भने पो प्रहरी लगाएर पक्राउ गर्नु पर्ने हो’ उनले भने, ‘यदि भ्रष्ट न्यायाधीशविरुद्ध बोल्दा मानहानी हुन्छ भने एक वर्ष होइन । आजीवन काराबास बस्न तयार छु । तर, यस्तालाई जिम्मेवार बनाएर छाड्ने हो ।’
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४