काठमाडौँ । नेपाल–भारत सम्बन्ध प्रबुद्ध समूह (इपिजी)को सातौँ बैठक आजबाट काठमाडौँमा सुरू भएको छ ।
दुर्इ दिनसम्म चल्ने बैठकमा नेपाल–भारतबीचको सम्बन्धलाई थप सुदृढ र सुमधुर बनाउने उद्देश्यले गठन भएको उक्त समूहले दुई देशबीच भएका सन्धिको पुनरावलोकन, खुला सिमानामा उत्पन्न समस्या तथा त्यसको समाधानका विषयमा छलफल हुने छ।
बैठकमा दुई देशबीचको सुरक्षा संवेदनशीलता, जलस्रोत, व्यापार, सांस्कृतिक सम्बन्धमा छलफल भई प्रारम्भिक मस्यौदाको काम शुरु भएको भनिएको छ । यस समूहले नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझावसहितको प्रतिवेदन नेपाल र भारत सरकारलाई दिनेछ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४