चितवन । चितवन प्रहरीले ज्यान मार्ने अभियोग लागेका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. २७ बस्ने वर्ष २० का हेम बहादुर थापा, भरतपुर महानगरपलिका वडा नं. ७ बस्ने वर्ष १८ का विवश अर्याल र भरतपुर महानगरपलिका वडा नं. ७ बस्ने वर्ष २२ का अनुप सुवेदी रहेका छन् ।
उनीहरुलाई भरतपुर महानगरपालिका वडा नं. २४ धुब्रस्थित चेकिङको क्रममा शुक्रबार) विहान पक्राउ गरिएको हो । गत माघ १५ गते साँझ ७ बजेको समयमा भरतपुर महानगरपालिका–१० चित्रसेन मार्ग्स्थित रहेको आरपीजेड गेम हाउसमा भरतपुर–१२ घर भई गेम हाउसका संचालक सौजन राना र सोही गेम हाउसका कर्मचारी उज्जवल भण्डारीलाई हेम बहादुर थापालगायतको समूहले खुकुरी प्रहार गरी घाईते बनाएको प्रहरीको आरोप छ ।
यस्तै माघ २४ गते सोही घटनाको बारेमा जानकारी दिने भरतपुर महानगरपालिका वडा नं. ११ मालपोतचोक बर्ष २७ का शंकरदेव ज्ञवालीलाई भरतपुर महानगरपालिका वडा नं. ७ दिपेन्द्रचोक स्थित हेम बहादुर थापा समेत ५ जनाले खुकुरी खुडा, तरबार समेतका धारिलो हतियारबाट प्रहार गरी गम्भिर घाईते बनाई फरार रहेका थिए । पक्राउ पररेका तीनै जनालाई कानुनी कारवाही प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ ।
यस्तै घटनामा संलग्न अन्यको पनि खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । चितवन प्रहरीले विभिन्न घटनामा संलग्न भएकाहरुको खोजी कार्य तिव्र पारिएको जनाएको छ ।यसैबिच शादा पोसाकको ‘प्रहरी हुँ भन्दै लुटपाट गर्ने दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. १२ बस्ने वर्ष १७ का आशिष मगर र भरतपुर महानगरपालिका वडा नं. ११ बस्ने वर्ष २० का सिजन गुरुङ रहेका छन् ।
यही फागुन ४ गते भरतपुर महानरपालिका वडा नं. ११ स्थित विशाल चोकमा बसबाट ओर्लिर घर जाने क्रममा ‘हामी प्रहरी हो भनेर खानतलासी गरि नारायण धितालबाट नगद १० हजार रुपैयाँ र एक सेट मोबाईल लुटेर आशिष र सिजन फरार भएका थिए । उनीहरुलाई चेकजाँचको क्रममा विहीबार अपरान्ह प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा दर्ता गरी आवश्यक कानुनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०७४