काठमाडौँ । प्रधानमन्त्री केपी ओली आइतबार बालुवाटारस्थित सरकारी निवासमा सर्ने भएका छन् । ओली अपराह्न ४ बजे प्रधानमन्त्री निवासमा सर्ने जानकारी उनी निकट स्रोतले दिएका छन् ।
उनी बिहीबार प्रधानमन्त्री भएका हुन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार नै बालुवाटारस्थित सरकारी निवासबाट बुढानीलकण्ठस्थित आफ्नो निजी निवासमा सरिसकेका छन्।
प्रकाशित मिति: शनिबार, फागुन ५, २०७४