काठमाडौँ । नेकपा एमालेले समानुपातिक सुचि टुङग्याएको छ । आइतबार बसेको स्थायी कमिटि बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत समानुपातिकतर्फको अन्तिम सुचि टुङ्ग्याएको हो ।
एमालेबाट समानुपातिकमा ४१ जना सांसद बन्नेछन् । जसमध्ये ३७ महिला र चार पुरुषले सांसद बन्नै मौका पाएका छन् । त्यसमध्ये उद्योगपति मोति दुगडपनि एमालेको कोटाबाट सांसद बन्नेमा परेका छन् ।
दुगडसहित मुगुका मोहन बानियाँ, मुकुन्द न्यौपाने, विजय सुव्वा एमालेको समानुपातिक सुचिमा परेका छन् । निर्वाचन आयोगले माघ २९ गतेभित्र अन्तिम सुचि बुझाउन शुक्रबार पत्र पठाएपछि एमालेले समानुपातिक सुचि टुङग्याउन आइतबार बैठक बोलाएको हो ।
को–को परे ?
१. मुकुन्द न्यौपाने (खसआर्य–पुरुष)
२. विजय सुब्बा (आदिवासी जनजाति–पुरुष)
३. मोहन बानियाँ (पिछडिएको क्षेत्र–पुरुष)
४. मोतीलाल दुगड (मधेसी–पुरुष)
५. थममाया थापा (आदिवासी जनजाति–महिला)
६. डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति–महिला)
७. सुजिता शाक्य (आदिवासी जनजाति–महिला)
८. रामकुमारी झाँक्री (आदिवासी जनजाति–महिला)
९. बिना श्रेष्ठ (आदिवासी जनजाति–महिला)
१०. कु. तुल्सी थापा (आदिवासी जनजाति–महिला)
११. नबिना लामा (आदिवासी जनजाति–महिला)
१२. शान्ति माया तामाङ पाख्रिन (आदिवासी जनजाति–महिला)
१३. कुमारी मेचे (आदिवासी जनजाति–महिला)
१४. बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति–महिला)
१५. राधा कुमारी ज्ञवाली (खसआर्य–महिला)
१६. बिन्दा पाण्डे (खसआर्य–महिला)
१७. गोमा देवकोटा (खसआर्य–महिला)
१८. कल्याणी कुमारी खड्का (खसआर्य–महिला)
१९. निरुदेवी पाल (खसआर्य–महिला)
२०. मनकुमारी जिसी (खसआर्य–महिला)
२१. मायादेवी न्यौपाने (खसआर्य–महिला)
२२. विष्णु शर्मा (खसआर्य–महिला)
२३. सरिता न्यौपाने (खसआर्य–महिला)
२४. मैना कुमारी भण्डारी (खसआर्य–महिला)
२५. तीर्था गौतम (खसआर्य–महिला)
२६. शान्ता चौधरी (थारु–महिला)
२७. लक्ष्मीकुमारी चौधरी (थारु–महिला)
२८. गंगा चौधरी (सत्गौवा) (थारु–महिला)
२९. निरादेवी जैरु (दलित–महिला)
३०. बिमला विश्वकर्मा (दलित–महिला)
३१. बिमला विक (दलित–महिला)
३२. पार्वतीकुमारी विसुंखे (दलित–महिला)
३३. सानु शिवा (दलित–महिला)
३४. आशाकुमारी विक (दलित–महिला)
३५. जुलीकुमारी महतो (मधेसी–महिला)
३६. डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसी–महिला)
३७. सरलाकुमारी यादव (मधेसी–महिला)
३८. रेखाकुमारी झा (मधेसी–महिला)
३९. सरिताकुमारी गिरी (मधेसी–महिला)
४०. कालिला खान (मुस्लिम–महिला)
४१. समिना हुसेन (मुस्लिम–महिला)
प्रकाशित मिति: शनिबार, माघ २७, २०७४