सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिकाको खजुरास्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा बम विष्पोट भएको छ ।
माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निमार्ण जिम्मा पाएको भारतीय कम्पनी जिएमआरको कार्यालयमा अज्ञात समूहले शनिबार राति साढे १० बजे विस्फोट गराएको प्रहरीले जनाएको छ ।
उक्त समूहले प्रहरी सुरक्षार्थ बसेको पोष्टमै बम विष्फोट गराएको हो । बम विस्फोटबाट कार्यालय बाहिरको पर्खालमा क्षति पुगेको छ । कार्यालयको सुरक्षार्थ खटिएका प्रहरीले भने आफुले विस्फोट पछि के भयो केही थाहा नपाएकेा बताएका छन् ।
घटनामा संलग्न भएको आशंकामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, माघ २७, २०७४