काठमाडौं । एमाले प्रदेश ३ को संसदीय दलका नेता छान्न मातदान सुरु भएको छ । चुनावबाट जो दलको नेता बन्छन्, उही प्रदेशको मुख्यमन्त्री हुनेछन् ।
एमाले दलको नेताका लागि अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेल चुनावी मैदानमा छन् । मुख्यमन्त्रीका दावेदार राजेन्द्र पाण्डेले उम्मेदवारी नै दिएनन् । पाण्डेले अन्तिम समयमा आएर उनले उपाध्यक्ष एवं प्रदेश इञ्चार्ज समेत रहेकी शाक्यलाई समर्थन गरेका छन् ।
शाक्यको प्रस्तावकमा पशुपति चौलागाई र समर्थनमा राजेन्द्रमान श्रेष्ठ छन् भने प्रदेशसभाका जेष्ठ सदस्य समेत रहेका पौडेलको प्रस्तावकमा केशव स्थापित र समर्थकमा कैलाश ढुंगेल छन् ।
एमालेभित्रको गुटका आधारमा अष्टलक्ष्मी माधव नेपाल समूहका हुन् भने पौडेल ओली समूहका हुन् । प्रदेश ३ मा एमालेका ५८ सांसद छन् ।
प्रकाशित मिति: बिहीबार, माघ २५, २०७४