चितवन । राजमार्गमा चल्ने ट्रक र टिपरका कारणले हुने दुर्घटनाको संंख्या पछिल्लो समय बढेको पाईएको छ । जिल्ला टाफिक कार्यालय चितवनले दिएको तथ्याङक अनुसार २०७२÷०७३ मा सडक दुर्घटनामा ४५ वटा ट्रक र टिपरको संलग्नता रहेकोमा २२ जनाको मृत्यु र ५१ जना घाईते भएका थिए ।
२०७३÷०७४ मा दुर्घटना करिब दोब्बर बढेर ८७ वटा ट्रक र टिपरको संलग्नता रहेकोमा ४८ जनाको मृत्यु र १ सय ४१ जना घाईते भएको कार्यालयले जनाएको छ । त्यस्तै चालु आर्थीक बर्षको अहिले सम्ममा सडक दुर्घटनामा ३२ वटा ट्रक र टिपरको संलग्नता रहेकोमा १९ जनाको मृत्यु र ३५ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिनुभएको छ ।
चालु आवमा भएका सवारी दुर्घटनामा २६ प्रतिशत भन्दा बढि दुर्घटना ट्रक र टिपरबाट भएको जिल्ला टाफिक कार्यालय चितवनले जनाएको छ । यसअघि राजमार्गमा चल्ने ट्रक र टिपरले बढी दुर्घटना गराएपछि जिल्लाको भरतपुरदेखि मकवानपुरको मनहरीसम्म टाइम कार्ड लागू गरि सकिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले लोकमार्गमा अत्यधिक गतिमा चल्ने यस्ता सवारीसाधनबाट दुर्घटना बढी हुने गरेको गुनासो आउन थालेपछि टाइम कार्डको प्रयोग गरिएको जनाइएको छ ।
जसअनुसार ती सवारीले भरतपुर महानगरपालिका–१२ को गोन्द्राङ्गदेखि भण्डारासम्म २० किलोमिटर ४५ मिनेटमा पुग्नु पर्नेछ । यस्तै भण्डारादेखि मकवानपुरको मनहरीसम्म २० किलोमिटर ३५ मिनेट, मनहरीदेखि भण्डारा २० किलोमिटर ३५ मिनेट र भण्डारादेखि पुनः गोन्द्राङ्सम्म ४५ मिनेटमा पुग्नु पर्ने व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो । उहाले यसरी समय मिलाईपनि चालकले दु्रत गतिमा ट्रक र टिपर चलाउने र कुनै स्थानमा बिश्राम गर्ने हुन कि भन्ने संका पैदा भएको उल्लेख गर्नुभयो । त्यसको लागि अनुगमन गर्ने र कारर्बाहीको प्रक्रिया अघि बढाईने समेत बताउनुभएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २२, २०७४