कास्की । पोखरामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा अाँधीखोला घर भइ पोखरा बगर बस्ने बोधराज ढकाल छ । सोमबार साँझ ग १ ख ६६७७ नम्बरको गाडीको ठक्करबाट ढकालको मृत्यु भएको थियो ।
उनी स्थानीय नेविसंघका कार्यकर्ता हुन् ।
उनको मृत्यु पछि पृथ्विनारायण क्याम्पसका विद्यार्थीहरू अान्दोलित भएका छन । विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । अहिले पृथ्वीनारायण क्याम्पस बगर क्षेत्र तनावग्रस्त छ ।
क्याम्पस गेट अगाडि प्रहरी र विद्यार्थीहरुबीच झडप जारी छ । प्रहरीले कपिलदेव रानाभाटसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।
गाडीको ठक्करबाट घाइते ढकाललार्इ तत्काल गण्डकी मेडिकल कलेजमा लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि ढकाललाई मणिपाल अस्पताल लगिएको थियो । उनको त्यहीँ उपचारको क्रममा मृत्यु भएको हो ।
गाडी चालकले जानीजानी किचेर मारेको पीडित पक्षको आरोप छ । तर पीडक पक्षले भने त्यसको खण्डन गर्दै आएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २२, २०७४