काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार भारत भ्रमणमा निस्किएका छन् । उनी लोपोन्मुखु भारतीय देसी गाई जोगाउने उद्देश्य रहेको संगठन श्रीमार्गले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने ज्ञानेन्द्र भारतको उडिसा गएका हुन्।
उनले त्यहाँ रहँदा विभिन्न हिन्दुवादी संग संगठनसँग भेटघाट र छलफल गर्ने समेत बताइएको छ । उनी भारतमा २ साता रहने छन् ।
यसअघि सुटुक्क विदेश जाने गरेपनि यसपटक विज्ञप्ति नै जारी गरेर भारत गएका ज्ञानेन्द्रलाई विमानस्थलमा राजावादीहरु बिदाई गर्न पुगेका थिए । राजावादीहरु राष्ट्रिय झण्डासहित विमानस्थल पुगेका थिए भने राजतन्त्रको पक्षमा नाराबाजी समेत गरेका थिए ।
विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले लक्ष्य पूरा गर्न बाटो विभिन्न लिए पनि एउटै सिद्धान्तमा अडिग हुनुपर्ने बताए ।
यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दुत्वको विषयमा आफूले खुला छलफल चाहेको बताए । उनले लक्ष्य पूरा गर्न फरक फरक बाटो अपनाए पनि सिद्धान्त छोड्न नसकिने बताए ।
उनले राष्ट्रले लिएको बाटो व्यवहारिक र सबैलाई मान्य हुनुपर्ने पनि धारणा राखे । पूर्वराजा शाहले रुखका पातहरु झरेपनि जराहरु फेरिन्न भन्दै दृष्टान्त पनि पेश गरे ।
‘लक्ष्य हाम्रो पूरा गर्न सकिन्छ । बाटो धेरैथरी अपनाउन सकिन्छ तर सिद्धान्त छोड्नु हुदैन । हामीले गल्तीबाट पाठ सिक्नुपर्छ । रुखहरु हेरौं वर्षौदेखि पातहरु र्झछ, फेरिन्छ तर जराचाहिँ कहिले पनि फेरिदैन ।’
पूर्वराजा शाह भारतको उडिसास्थित गोवर्धन मठ जगन्नाथपुरीका शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं वर्षको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन भारत गएका हुन् ।
भारत बसाइका क्रममा उनी भारतीय देशी गाई जोगाउन सक्रिय श्रीमार्गले गर्न लागेको कार्यक्रममा पनि सहभागी हुनेछन् ।
प्रकाशित मिति: आइतबार, माघ २१, २०७४