बिराट धन धान्याञ्चल ज्ञान महायज्ञको समुदघाटन
चितवन । सत्य अहिंसा र नैतिकताको धरातल कमजोर हुदै गएको बर्तमान अवस्थामा नैतिक शिक्षाको खाचो रहेको राष्ट्रपति बिद्यादेबी भण्डारीले बताउनुभएको छ । देवघाटमा रहेको गलेश्वर आश्रमले आयोजना गरेको बिराट धन धान्याञ्चल ज्ञान महायज्ञको समुदघाटन समारोहमा बोल्दै सभ्य सुसंस्कृति र चेतनशिल नागरिकबाट मात्रै देश बिकास, सम्र्बद्धन हुने हुनाले नैतिक शिक्षाको चेतना जगाउन ज्ञानीहरु लाग्नुपर्ने बताउनुभएको हो ।
आश्रमले संस्कृति शिक्षाको बिकास र समाजलाई नैतिकवान बनाउन भुमिका खेलेको भनाई रहेको छ । पौराणीक धार्मीक र सांस्कृतिक गाथा सहितको स्थान देवघाटमा प्राचिन नेपाली काष्ठकला सहितको शिव मन्दिर स्थापना हुनु खुशीको कुरा रहेको राष्ट्रपति भण्डारीले बताउनुभयो । हाम्रो देश प्राकृतिक रुपमा मात्र नभई सांस्कृतिक पुरातात्विक रुपमा समृद्ध र सबै जातजातिमा सृढुढ सम्बन्ध रहेको उल्लेख गर्दे मठ मन्दिर जिबन्त संस्कृतिका धरोहर रहेको बताउनुभयो ।
साथै उहाँले राजनितिक संक्रमणकाल समाप्त पादै देश बिकासमा अगाडी बढेको समयमा आर्थीक बिकास गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो । स्रोत र साधनको अधिकतम प्रयोग गरि देवघाटधामलाई भौतिक पुर्बाधार सहितको सांस्कृतिक पर्यटकिय स्थलको रुपमा बिकास गर्न सकिने बताउनुभएको छ ।
शिवरात्रिको अवसरमा गलेश्वर आश्रम देवघाटमा आईतबार देखि धन धान्यान्चल विराट महायज्ञ भइरहेको छ । फागुन २ गतेसम्म धन धान्यान्चल विराट महायज्ञ हुनेछ । पवित्र धार्मिक तीर्थस्थल देवघाट धाममा मल्लकालिन संस्कृति झल्काउने गरि नमर्देश्वर महादेव मन्दिर निर्माण समेत गरिएको छ । करिब ९ करोड रुपैयाँको लागतको गलेश्वर आश्रम परिसरमा मन्दिर निर्माण गरिएको गलेश्वर आश्रम देवघाटधामका पिठाधीश स्वामी आत्मानन्द गिरि जी महाराजले जानकारी दिनुभयो ।
शिवरात्रिको पावन अवसरमा गलेश्वर आश्रम देवघाटधाममा विविध धार्मिक अनुष्ठानहरुको साथै १०८ नर्मदेश्वर शिवलिंग सहित शिवपन्चायन भगवानको प्राण प्रतिष्ठा समेत हुनेछ । सो महायज्ञमा अतिरुद्री, लक्ष्यहवन, १०८ श्रीमद्भागवत महापुराण, शिवपुराण लगायत अनुष्ठानका कार्यक्रमहरु आयोजना गर्न लागिएको महायज्ञ आयोजक मूल समितिका महासचिव डा. गुरुप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
महायज्ञबाट संकलन भएको रकम गलेश्वर आश्रमले निर्दिष्ट गरेका वेद वेदाङग विद्यालयको स्तरोन्नति, स्थायी अन्न क्षेत्रको सुदृढिकरण, अति बृद्ध बृद्धाहरुको सेवा केन्द्र स्थापना, देवघाटधाम धर्मार्थ अस्पतालको सेवा विस्तार र नवनिर्मित शिवालय मन्दिरको नित्य पुजा गर्न कोषको स्थापना गर्ने कार्य गरीने प्रचारप्रसार उपसमितिका संयोजक टंकनाथ पौडेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, माघ २०, २०७४