बाँके । जिल्लामा आइतबार बिहान यात्रुवाहक बस पल्टिएको छ । बाँकेको बैजापुरबाट नेपालगञ्ज आउँदै गरेको ना ३ ख ९७५९ नम्बरको यात्रुवाहक बस पूर्व-पश्चिम राजमार्गको अभैयादेखि ३ किमि पश्चिममा पल्टिँदा ६ जना गम्भीर घाइते भएका हुन् ।
दुर्घटना स्थलमा सञ्चार सम्पर्क स्थापित हुन नसकेकाले घटनाको विस्तृत विवरण लिन अप्ठ्याराे परेकाे प्रहरी भनाइ छ ।
अनियन्त्रित भर्इ सडकमा बस पल्टेकाले पूर्व–पश्चिम राजमार्ग अहिले अवरुद्ध बन्न पुगेको छ । सडकमा पल्टेको बसका दुवैतर्फ लामाे जाम लागेको छ ।
इलाका प्रहरी कार्यालय केवलपुरका अनुसार, अहिले प्रहरी र स्थानीयको सहयोगमा उद्धार र अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।
प्रकाशित मिति: शनिबार, माघ २०, २०७४