सुर्खेत । प्रहरीले सुर्खेतबाट ४० किलो अवैध लागुऔषध चरेससहित २ जनालाई पक्राउ गरेको छ । ६ नम्बर प्रहरी अनुसन्धान व्यूरो र संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जबाट खटिएको टोलीले सीम्ता गाउँपालिका वडा ६ बाट चरेससहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउपर्नेमा जाजरकोट बारेकोट गाउँपालिका १ का अम्मर बहादुर शाही र सल्यान बनगाड कुपिण्डे नगरपालिका १ बस्ने जीवन बस्नेत रहेको ६ नम्बर प्रदेश प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले जानकारी दिए ।
उनका अनुसार भेरी नदीको किनारमा चरेसको कारोवार हुदै छ भन्ने बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ४० किलो अवैध लागुऔषध चरेशसहित २ जनालाई पक्राउ गर्न सफल भएको हो । उनीहरुलाई अवैध चरेशसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०७४