काठमाडौं । भारतीय विदेशमन्त्री सुषमा स्वराज २ दिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदैछिन् । उनी वायुसेनाको विशेष विमानमार्फत अपराह्न तीन बजे नेपाल आउन लागेको भारतीय विदेशमन्त्रालय स्रोतले जनाएको छ ।
उनको स्वागतका लागि त्रिभुवन विमानस्थलमा परराष्ट्रसचिव शंकरदास बैरागी जाने छन् । नेपाल अोर्ले लगत्तै उनले राजनितिक भेटवार्तालार्इ अगाडि बढाउने छिन् । अाजै उनले एमाले अध्यक्ष केपी शर्मा अोलीसँग भेट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै उनले अाजै माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्ने कार्यक्रम रहेको भारतीय दुतावास स्रोतले जनाएको छ ।
उनले मधेशकेन्द्रित दलहरूका नेतासँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार स्वराजले शुक्रबार विहान राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने छिन् । उनले शुक्रबार नै पशुपति दर्शन गर्ने बताइएको छ ।
स्वराज दिउसो चार बजे भारत फर्किने कार्यक्रम रहेको छ । नेपालमा वाम गठबन्धनको नेतृत्वमा सरकार गठन हुने परिस्थिति निर्माण भइरहेका बेला हुन लागेको भारतीय विदेशमन्त्रीको यो भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ । भारतविरोधी नेताको छवि बनाएका एमाले अध्यक्ष अोली प्रधानमन्त्री हुँदै गर्दा उनीसँगको सम्बन्ध सुधारका लागि भारतीय प्रधानमन्त्री मोदीले उनलार्इ विशेष दुतका रूपमा नेपाल पठाएका हुन् ।
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४