काठमाडौं । भारतीय विदेश मन्त्री सुष्मा स्वराजले यसै साता नेपालको दुई दिने भ्रमण गर्ने गर्ने भएकी छन् । भारतीय विदेशमन्त्रालयका अनुसार उनी बिहीबार नेपाल अाउने छिन् ।
सोमवार साँझ विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले भनेको छ, दुई देशबीच नियमितरुपमा उच्च स्तरीय राजनीतिक भेटघाट गरिरहने परम्परालाई निरन्तरता दिंदै द्विपक्षीय साझेदारी थप विस्तार गर्न एवं दुवै मुलुक सामेल भएका विविध क्षेत्रका गतिविधिलाई मजवुद पार्न भ्रमण केन्द्रीत हुनेछ।
काठमाडौंमा रहँदा विदेश मन्त्री स्वराजले विभिन्न राजनीतिक दलका नेताहरुसँग आपसी हितका विषयमा कुराकानी गर्नेछिन् भने दुवै मुलुकको वर्षौ पुरानो मित्रवत सम्बन्धलाई थप मजबुद पार्ने प्रयास गर्नेछिन्, भारतीय विदेश मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित मिति: सोमबार, माघ १५, २०७४