काठमाडौँ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोले काठमाडौँ उपत्यकाका पाँच अस्पतालबाट १४ नक्कली चिकित्सकलार्इ पक्राउ गरेको छ । त्यस्तै ३ सञ्चालक पनि पक्राउ परेका छन् ।
पक्राउ परेकामा एपोलो अस्पताल, चाइना गेटवाल, चाइना पिपुल, निजामती अस्पताल, चाइना डेन्टलका सञ्चालक तथा चिकित्सक रहेको ब्यूरोका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । ब्यूरोबाट खटिएको टोलीले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चका सहयोगमा अपराह्न विभिन्न स्थानबाट तिनलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति: आइतबार, माघ १४, २०७४