रोल्पा । जिल्लाको माडीगाउँपालिका– २ घर्तीगाउँबाट प्रहरीले दुर्इ जनालार्इ ठूलो परिमाणमा चरेस सहित पक्राउ गरेको छ । अाइतबार विहान क्षेत्रीय प्रहरी ब्यूरोका प्रहरी निरीक्षक अरुणकुमार सिंह, जिल्ला प्रहरी कार्यालय रोल्पाको सादा पोशाकका प्रहरी र इलाका प्रहरी कार्यालय घर्तीगाउँको प्रहरी टोलीले संयुक्त रुपमा लागुऔषधसहित उनीहरूलार्इ पक्राउ गरेको हो ।
प्रहरीले थवाङ गाउँपालिका– ३ मिरुलका २२ वर्षीय शेरबहादुर बुढा र २२ वर्षीय प्रश्न बुढा मगरलार्इ ५० किलो चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, माघ १३, २०७४