चितवन । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले परोपकारी राज्य स्थापना गरेरै छाड्ने वताउनुभएको छ । आज (शनिवार) नारायणढमा आयोजित चेपाङ वालवालिकाको शैक्षिक सहयोगार्थ रविन्द्र मिश्रको पुस्तकको रोयल्टी हस्तान्तरण कार्यक्रममा बोल्दै उहाले राज्य परिवर्तन विना जतिसुकै परोपकारी काम गरेपनि सिंगो देश परिवर्तन गर्न नसकिने वताउनुभयो ।
देश वनाउनुपर्छ भनेर आफ्नो पेशा पत्रकारिता छाडेर राजनितिमा प्रवेश गरेको भन्दै मिश्रले भन्नुभयो, पत्रकारिता र पारोपकारी काम गर्दा प्रसंशा र ताली पाएको थिए, राजनितिमा प्रवेश गरेपछि गालिमात्रै खाएको छु । राजनीतिमा लागेर गालिमात्रै खाने परिस्थितिलाई जसरी पनि चिरेर छाड्ने मिश्रको उद्घोष छ । उहाले आफ्नै पालामा देश वदलेर छाड्ने दावी गर्नुभयो ।
आ–आफ्नो ठाँउवाट देश वदल्न जे सकिन्छ,त्यही गर्न मिश्रले सवैलाई आव्हान गर्नुभयो । परोपकारी कामका लागी अहिलेसम्म भएका सहयोग र आगामी दिनमा हुने सहयोगलाई एक इन्च पनि तलमाथी हुन नदिने मिश्रको भनाई छ । यसैविच चेपाङ वालवालिकाको शैक्षिक सहयोगार्थ रविन्द्र मिश्रले लेखेको पुस्तकको रोयल्टी मितेरी फाउण्डेशनलाई प्रदान गरिएको छ ।
मिश्रले फाउण्डेशनका संस्थापक अध्यक्ष एकल सिलवाललाई रु ३ लाख ५० हजारको चेक हस्तान्तरण गर्नुभएको हो । अहिलसम्म पुस्तक रोयल्टी वाट उठेको करिव ११ लाख रुपैँया फाउण्डेसलाई सहयोग गरिएको छ । यस्तै फाउण्डेशनले सोही कार्यक्रममा कान्देश्वरी आधारभुत विद्यालयलाई १ लाखको चेक हस्तान्तरण गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०७४