पाँचथर । जिल्लाको याङवरक गाउँपालिका वडा नं ३ ओयामको भञ्ज्याङमा शुक्रबार राति जिप दुर्घटना हुँदा दुर्इ जनाको मृत्यु भएको छ ।
ओयामबाट फिदिमतर्फ आउँदै गरेको ग१ज ६०८५ नंको जीप गए राति ११ बजेतिर बे्रक फेल भएर सडकबाट करिब ३०० मि तल खसेर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी सवारी चालक स्थानीयवासी १८ वर्षीय प्रवेश योङ्या र १६ वर्षीय सन्दीप योङ्याको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
दुर्घटनामा परेर याङ्वरक–३ बस्ने छ जना घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि झापाको बिर्तामोडतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०७४