पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङ्गमा बहीबार बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
तानसेनबाट हेक्लाङ्ग जाँदै गरेको लु १ ज ३४९९ नं को जिप दुर्घटना हुँदा हेक्लाङ्गका ४५ वर्षीय दानबहादुर रानाको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका रानाको उपचारका लागि तानसेन ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जिप सडकदेखि करिब २० मिटर तल खसेको थियो । जिपमा दुईजना सवार रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४