३० पुस, संखुवासभा । संखुवासभामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मकालु गाउँपालिकातर्फ जाँदै गरेको बा ५ च १३१९ नम्बरको जिप गढीबजार नजिकै दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष खड्ग कटुवालसहित ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृतकहरुमध्ये कटुवाल र अर्का व्यक्ति सुरेश राईको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ । स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४