३० पुस, काठमाडौँ । दार्चुलामा निर्माण भएको चमेलिया जलविद्युत् आयोजनाले १५ मेगावाट विद्युत् उत्पादन सुरु गरेको छ । करिब १६ अर्ब रुपैयाँको लागतमा ३० मेघावाट क्षमताकोे विद्युत गृहमा दुईमध्ये एउटा युनिटबाट उत्पादन शुरु गरेसँगै १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिएका छन । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाचमा चमेलियाको विद्युत् गृह निर्माण गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले चमेलियाको विजुली माघ ४ गतेदेखि केन्द्रीय प्रशारण लाइनमा जोड्ने तालिका बनाएको थियो । तर चार दिनअघि नै विद्युत् उत्पादन शुरु भएको हो ।
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४