२८ पुस, काठमाडौं । वैदेशिक रोजगार विभाग श्रम कार्यालय तहाचलका एक नासु २ लाख ३४ हजार रुपैयाँ घूससहित पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रवार विभागका नायव सुब्बा (नासु) खगेन्द्रप्रसाद गौतमलाई उक्त घूस रकमसहित पक्राउ गरेको हो । आयोगको टोलीले गौतमलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।
प्रकाशित मिति: बिहीबार, पुस २७, २०७४