२४ पुस, काठमाडौँ । प्रहरीले अनशनरत वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीलाई पक्राउ गरेको छ । सोमबारदेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औँ अनशन शुरु गरेका प्रा डा केसीलाई आजै बेलुका अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिषर काठमाडौँका प्रवक्ता रामदत्त जोशील जानकारी दिए । प्रा डा केसीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले सोमबारनै अवहेलनाको मुद्दामा प्रा डा केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश जारी गरेका थिए ।
प्रकाशित मिति: आइतबार, पुस २३, २०७४