२४ पुस, काठमाडौँ । काठमाडौँमा बैंकिङ अपराध बढ्दै गएको छ । कृषि विकास बैंकमा रकम हिनामिना भएको अभियोगमा कृषि विकास बैंकका कर्मचारी पक्राउ परेको दुई सातामै सिभिल बैंकका कर्मचारी पक्राउ परेका छन । प्रहरीले सिभिल बैंकको बौद्ध शाखाका एक जना कर्मचारीलाई ४० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले एसटु एसिस्टेन्ट पदमा कार्यरत् महेश्वर डंगोललाई पक्राउ गरेको हो । बैंकिङ कसुर अन्तरगत मुद्दा चलाइ उनीमाथि थप अनुसन्धान भइरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट डंगोलले इन्टरनेट बैंकिङमार्फत उक्त रकम आफ्नो खातामा जम्मा लगाएको खुलेको छ ।
प्रकाशित मिति: आइतबार, पुस २३, २०७४