१८ पुस, काठमाडौँ । ट्रान्सपरेन्सी इण्टरनेशनल नेपालले संस्थागत रुपमै भ्रष्टाचार हुने गरेका खबरहरु सार्वजनिक भइरहे पनि सरकार चुप रहेको भन्दै आपत्ति जनाएको छ । मंगलबार विज्ञप्ति मार्फत ट्रान्सपरेन्सी इण्टरनेशनल नेपालले देशमा देशमा भ्रष्टाचार बढेको, संस्थागत रुपमै घुस लेनदेन हुने गरेका खबरहरु सार्वजनिक भइरहँदा पनि सरकार चुप रहेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । सञ्चारमाध्यमले दिनहुँजसो भ्रष्टाचारका खबरहरु उजागर गरिरहनुले देशकै छविमा आँच पुगेको तर पनि यस्ता घटनाप्रति सरकारको ध्यान आकृष्ट हुन नसक्नुले देशमा सुशासनको दुरावस्थाको उजागर भएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, पुस १७, २०७४