१६ पुस, काठमाडौँ । एकीकृत विकास समाजको अध्यक्षमा प्रध्यापक डा राजेन्द्रप्रसाद अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ । समाजको १७ औँ वार्षिक साधारसभाले अधिकारीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । साधारणसभाबाट उपाध्यक्षमा गीता खड्का, महासचिवमा सोमबहादुर श्रेष्ठ, कोषाध्यक्षमा ई गिरीधर मिश्र निर्विरोध निर्वाचित भएका छन । त्यस्तै सदस्यहरुमा गोपालकृष्ण श्रेष्ठ, सुशील विके र विजया शाक्य निर्वाचित भएका छन । साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा सुनिलबाबु श्रेष्ठले एकीकृत विकास समाजले गरिरहेका कामको प्रशंशा गर्दै आगामी दिनमा कामलाई अझै गति दिन शुभकामना दिए । समाजका कार्यकारी निर्देशक प्रकाश कोइरालाले संस्थाले गरेका गतिविधिको बारेमा प्रकाश पारेका थिए । रणनीतिक योजना प्रस्तुत गर्दै समाजकी संस्थापक अध्यक्ष प्रभा पोखरेलले गतिबिधिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन । एकीकृत विकास समाजले खानेपानी तथा सरसफाइ, फोहर व्यवस्थापन र समूदाय परिचालन, जलवायु परिवर्तन र नविकरणीय उर्जा, लैंगिक समानता, समुदायको परिचलन, नलेज मेनेजमेन्ट र पोलिसी रिसर्चमा काम गरिरहेको छ ।
प्रकाशित मिति: शनिबार, पुस १५, २०७४