१३ पुस, काठमाडौँ । राष्ट्रियसभा सम्बन्धी अध्यादेश पारित गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले सरकारले राष्ट्रपति समक्ष पेश गरेको अध्यादेश पारित गर्न राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा परमादेशको माग गरिएको छ । त्यस्तै रिटमा अविलम्ब प्रदेश प्रमुखको नियुक्ति गर्न परमादेशको जारी गर्न माग गरिएको छ । रिटमा भनिएको छ, उक्त अध्यादेश पारित नगरि राष्ट्रिय सभाको चुनाव नभइकन नयाँ प्रधानमन्त्री नियुक्ती गर्ने गराउने लगायका कुनै पनि काम कारवाही गनर्नु नगराउनु भनि राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका नाममा प्रतिषेधको आदेश जारी गरिपाउँ ।
प्रकाशित मिति: बुधबार, पुस १२, २०७४