११ पुस, काठमाडौँ । मैना सुनार प्रकरणमा उच्च अदालत पाटनले जिल्ला अदालतको आदेश विरुद्ध पुनरावेदन नगर्ने भनी सरकारी वकिलको कार्यालयले गरेको निर्णयको सक्कल फाइल मगाएको छ । मैना सुनारको माओवादी द्वन्द्वकालमा नेपाली सेनाबाट बलात्कारपछि हत्या गरिएको थियो । उच्च अदालतका न्यायाधीशद्वय भीमकुमार ओझा र शान्तिसिंह थापाको इजलासले १४ असारमा महान्यायाधिवक्ताको कार्यालयले प्रतिवादीमध्येका एक निरञ्जन बस्नेतका सम्बन्धमा भएको निर्णयको सक्कल पेश गर्न अदेश दिएको हो । मैनाको बलत्कारपछिको हत्यामा मुख्य रुपमा तत्कालीन सैनिक अधिकृत निरञ्जन बस्नेतलाई जिम्मेवार मानिए पनि जिल्ला अदालत काभ्रेले उनलाई भने सफाइ दिने फैसला सुनाएको थियो । उक्त निर्णय विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन गर्न लागेपछि महान्यायाधिवक्ता श्रेष्ठले रोक्ने निर्णय गरेका थिए ।
प्रकाशित मिति: सोमबार, पुस १०, २०७४