११ पुस, काठमाडौं । सेयर बजार परिसूचकमा एकै दिन झण्डै २१ अंकको गिरावट आएको छ । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक २० दशमलव ६४ अंकले घटेर १४४७ विन्दुमा आइपुगेको छ । घट्दो क्रममा देखिएको बजारलाई बैंकिङ क्षेत्रमा देखिन थालेको पुँजी अभावले सबैभन्दा बढी प्रभाव पारेको छ । मंगलबार कुल ५४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
प्रकाशित मिति: सोमबार, पुस १०, २०७४