१० पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले रानीपोखरी पुनर्निर्माण रोक्ने बताएकी छन् । लिभेबल काठमाडौं र सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्सले सोमबार गरेको एक कार्यक्रममा उपप्रमुख खड्गीले रानीपोखरी पुनर्निर्माण रोक्ने बताएकी हुन । उनलाई काठमाडौं ६ का सांसद भीमसेनदास प्रधान लगायतले पनि समर्थन गरेका छन् । उनले महानगरका मेयर विद्यासुन्दर शाक्यप्रति एकलौटी काम गरेको आरोप समेत लगाएकी छिन ।
प्रकाशित मिति: आइतबार, पुस ९, २०७४