७ पुस, काठमाडौँ । निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक निर्वाचनको सिट बाँडफाँड गरेको छ । आयोगले शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट अनुसार एमाले २ नम्बर प्रदेश बाहेक सबैमा पहिलो भएको छ । समानुपातिकतर्फ सातै प्रदेशमा गरि कुल २२० सिटमध्ये एमालेले ७५ र कांग्रेसले ७२ सिट पाएका छन् । त्यस्तै माओवादीले ३५, संघीय समाजवादी फोरमले १३, राजपाले १२ सिट पाएको छ भने राप्रपा तथ विवेकशील पार्टीले तीनतीन सिट पाएका छन् । अन्य साना दलले एकएक सिट पाएका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस ६, २०७४