७ पुस, काठमाडौँ । निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँड आज गर्ने भएको छ । प्रदेशसभातर्फको मत संख्या संकलन र रुजु गर्ने काममा केही प्राविधिक काम बाँकी रहेकाले हिजै वाँडफाँडको निर्णय गर्ने भनिए पनि आजका लागि सरेको हो । आज निर्णय गरेर दलहरुलाई पत्र लेख्ने तयारी गरिएको छ । आयोगले प्रदेशसभाका समानुपातिकतर्फका सांसदको नाम पठाउन दललाई ७ दिनको समय दिने प्रवक्ता नवराज ढकालले जानकारी दिए । प्रदेशसभामा राष्ट्रिय दलको मान्यता पाएका ५ दलसहित प्रदेश नम्बर १ मा राप्रपा, २ मा नेपाल संघीय समाजबादी पार्टी र प्रदेश नम्बर तीनमा विवेकशील साझा र नेमकिपाले एक एक जना सांसद पठाउन पाउनेछन् । यसैबिच प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँडका लागि पनि तयारी भइरहेको आयोगले जनाएको छ । ढकालका अनुसार सवै ठाउँको मत रुजु गरी सम्बन्धित निर्वाचन अधिकृतले कागजात बुझाइसकेपछि प्रतिनिधिसभाका लागि पनि ७ दिनको समय दिएर दलहरुलाई पत्र पठाइने उनले बताए ।
प्रकाशित मिति: बिहीबार, पुस ६, २०७४