६ पुस, काठमाडौं । साहित्यकार प्रेमा शाहको अमेरिकामा निधन भएको छ । उनको अमेरिकाको इन्टर माउण्टेन हस्पिटलमा निधन भएको हो । उनी पछिल्लो समय छोरी नायिका जल शाहसँग अमेरिकामा बस्दै आएकी थिइन । उनका ६ वटा वालकथा र ३ बाल उपन्यास पनि प्रकाशित छन् ।
प्रकाशित मिति: बुधबार, पुस ५, २०७४