५ पुस, काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डल अन्तर्गतको काली खोलामा रहेको पुल भासिएको छ । प्रहरीका अनुसार बुधबार बिहान पुल भासिएको हो । पुल भासिएपछि गाडीको आवतजावत प्रभावित भएको छ । उक्त पुलबाट एकतर्फी मात्रै गाडी पास भइरहेको प्रहरीले जनाएको छ । काली खोला क्षेत्रमा पछिल्लो दुई वर्षमा धेरै दुर्घटना हुँदै आएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ४, २०७४