३ पुस, काठमाडौँ । ललितपुर क्षेत्र नम्बर १ बाट वाम गठबन्धनका साझा उम्मेदवार बनेर प्रतिनिधिसभामा विजयी नवराज सिलवाल मतदातालाई धन्यवाद दिन व्यस्त छन । निर्वाचन अघि मतदाताको खेतमा धान काटेका सिलवाल धन्यवाद दिन घोडा चढेर ललितपुरको गाउँ डुलिरहेका छन । सिलवालले पहिला खेतमा गएर धान काटेको नाटक गरेर अहिले घोडा चढेर गाउँ डुलेको भन्दै समाजिक सञ्चालनमा चर्को बिरोध सुरु भएको छ । सिलवाल यसअघि सर्ट पाइन्ट लगाएर मतदाताको खेतमा गएर धान काटेको भन्दै अालोचित भएका थिए । अहिले त्यही मतदातालाइ धन्यवाद दिन सिलवाल घोडा चढेर हात हल्लाउँदै हिडेपछि उनको अालोचना स्वभाविक बनेको छ । सिलवालको शैली सही वा गलत त्यो छुट्टिदै जाला यसले नेपालका राजनीतिक दलका नेताको चुनाव अघिको भनाइ र चुनावपछिको गराइमा व्यापक अन्तर पर्छ भन्नेकुरालाइ पुष्टि गरेको छ । घोढा चढेर गउँ घुम्ने सिलवाल एक्ला भने हैनन् उनीसँगै लिलितपुर १ बाट प्रदेशसभामा निर्वाचित चेतनाथ सञ्जेल र सुशीला पुन पनि घोढा चढेर हात हल्लाउदै गाउँ डुलीरहेका छन ।


समाजिक सञ्जालमै धेरैले सिलावलको अालोचनामा शब्द खर्चिएका छन त्यसमध्येबाट हामीले पत्रकारहरु डिल्ली आचार्य र खगेन्द्र पन्तले व्यक्त गरका विचार यहाँ प्रस्तुत गरेका छाैँ ।

प्रकाशित मिति: आइतबार, पुस २, २०७४