३ पुस, धनकुटा । प्रदेश नं. १ को राजधानी धनकुटालाई तोकिनु पर्ने माग गर्दै धनकुटाका बासिन्दाले सोमबार जिल्लाका बजार र यातायात बन्द गराएका छन् । आइतबार क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेर सरकारलाई ज्ञापनपत्र बुझाएका धनकुटा बासिन्दाले सोमबार बिहानैदेखि बजार बन्द गराएका छन् । त्यसैगरी सवारी साधान पनि चलेका छैनन् । सुरक्षा र एम्बुलेन्सलाई भने सहज रुपमा चल्न दिएको आन्दोलनको नेतृत्व गरिरहेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले बताए ।
प्रकाशित मिति: आइतबार, पुस २, २०७४