१ पुस, इलाम । नेकपा (एमाले) का नेता तथा सांसद सुवास नेम्वाङले इलामको सोयाक हुँदै चुलाचुली जानका लागि द्रुतमार्ग निर्माण गरिने बताएका छन् ।माई नगरपालिका–७ कपरसुक्कामा आज आयोजित भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले विकासको दृष्टिकोणले पछाडि परेको यहाँ इलामको सोयाक–महमाई हुँदै चुलाचुली पुग्ने दु्रतमार्ग निर्माण आफ्नो पहिलो एजेण्डा हुने बताए । महमाई र दानाबारीबीचमा पर्ने माईखोलामा पर्ने चण्डालघाटमा निर्माणाधीन पुल छिटो सम्पन्न गर्न उनले आग्रह गरे । “यो पुल बनेपछि महमाईको कायापलट हुनेछ, महमाई शहर केन्द्रित हुन्छ”, उनले भने, “यहाँबाट महमाई, बाँझो, सोयाक, जितपुर आउजाउ गर्न सहज हुनेछ ।”
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४